सनिशको गोलसँगै मछिन्द्र सभापति कपको सेमिफाइनलमा

काठमाडौं ।डिफेन्डर सनिश श्रेष्ठको विजयी गोलप्रेरित मछिन्द्र फुटबल क्लब सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० ले हरायो।
९० मिनेटको निर्धारित समय सकिएपछि पाँच मिनेटको समय थप गरिएको थियो । सनिशले छैटौँ मिनेटमा गोल गरेका हुन् । भारतीय मिडफिल्डर दयानन्द सिंहको पासमा सनिशले दोस्रो बारमा सहज गोल गरेका थिए ।
यही खेलबाट स्टार स्ट्राइकर विमल घर्ती मगरले ७४औँ मिनेटमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा कमब्याक गरेका छन् । एक वर्षअघि उनी अस्ट्रेलिया पुगेका थिए ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
अब, फाइनल प्रवेशका लागि मछिन्द्रले संकटासँग खेल्नेछ । उपाधि विजेताले २६ लाख र उपविजेताले नगद १३ लाख पाउने छन्।









ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत
नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट
एनपिएलमा ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने
पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
प्रेस काउन्सिलले मेरो न्यूजलाई पत्र काटेकोमा काउन्सिलकै सदस्यकाे फरक मत
प्रतिक्रिया