सनिशको गोलसँगै मछिन्द्र सभापति कपको सेमिफाइनलमा

काठमाडौं ।डिफेन्डर सनिश श्रेष्ठको विजयी गोलप्रेरित मछिन्द्र फुटबल क्लब सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० ले हरायो।
९० मिनेटको निर्धारित समय सकिएपछि पाँच मिनेटको समय थप गरिएको थियो । सनिशले छैटौँ मिनेटमा गोल गरेका हुन् । भारतीय मिडफिल्डर दयानन्द सिंहको पासमा सनिशले दोस्रो बारमा सहज गोल गरेका थिए ।
यही खेलबाट स्टार स्ट्राइकर विमल घर्ती मगरले ७४औँ मिनेटमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा कमब्याक गरेका छन् । एक वर्षअघि उनी अस्ट्रेलिया पुगेका थिए ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
अब, फाइनल प्रवेशका लागि मछिन्द्रले संकटासँग खेल्नेछ । उपाधि विजेताले २६ लाख र उपविजेताले नगद १३ लाख पाउने छन्।















२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया