अक्षय कुमारले बेचे मुम्बइको घर, भयो ७८ प्रतिशत बढी नाफा

मुम्बइ। बलिउड स्टारहरूलाई फिल्मबाट कसरी कमाउन सकिन्छ भन्ने थाहा छ भने उनीहरूमा लगानी गर्ने सीप पनि उत्तिकै रहेको छ।
मुम्बईमा धेरै स्टारका आलिशान घरहरू रहेका छन् । कोही घर भाडामा दिन्छन् त कोही चर्को मूल्यमा बेच्छन् । हालै बी–टाउनका खिलाडी उर्फ अक्षय कुमार पनि आफ्नो महँगो सम्पत्ति बेचेर चर्चामा आएका छन् ।
स्काई फोर्सको रिलिजलाई लिएर चर्चामा रहेका अक्षय कुमार रियल स्टेटमा लगानी गर्न अग्रपंक्तिमा रहेका स्टारमध्येका एक हुन् । अक्षयको मुम्बईदेखि गोवासम्म धेरै घरहरू रहेका छन् । अब एक समाचार अनुसार अभिनेताले हालै आफ्नो करोडौंको घर बेचेका छन् । जुन घर बोरिवली पश्चिममा थियो।
स्क्वायर यार्डका अनुसार यस लेनदेनसँग सम्बन्धित सम्पत्ति दर्ता कागजातहरू समीक्षा गरिएको छ। अक्षय कुमारद्वारा बेचेको सम्पत्ति स्काई सिटीमा स्थित छ, ओबेरोय रियल्टीद्वारा विकसित र २५ एकडमा फैलिएको छ। अभिनेताले यो अपार्टमेन्ट ४.२५ करोडमा बेचेका हुन् । जुनवाट उनले ७८ प्रतिशत नाफा कमाउन सफल भएका थिए ।
अक्षय कुमारले यो सम्पत्ति नोभेम्बर २०१७ मा किनेका थिए । त्यतिबेला उनले यो घरका लागि २.३८ करोड मात्रै तिरेका थिए । अपार्टमेन्टमा १,०७३ वर्ग फुट क्षेत्रफलको छ र यसमा दुईवटा कार पार्किङ ठाउँहरू पनि छन्। तर, कारोबारमा भने २५.५ लाखको स्ट्याम्प शुल्क र रु ३०,००० दर्ता शुल्क समावेश गरिएको छ।
















शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया