अक्षय कुमारले बेचे मुम्बइको घर, भयो ७८ प्रतिशत बढी नाफा

मुम्बइ। बलिउड स्टारहरूलाई फिल्मबाट कसरी कमाउन सकिन्छ भन्ने थाहा छ भने उनीहरूमा लगानी गर्ने सीप पनि उत्तिकै रहेको छ।
मुम्बईमा धेरै स्टारका आलिशान घरहरू रहेका छन् । कोही घर भाडामा दिन्छन् त कोही चर्को मूल्यमा बेच्छन् । हालै बी–टाउनका खिलाडी उर्फ अक्षय कुमार पनि आफ्नो महँगो सम्पत्ति बेचेर चर्चामा आएका छन् ।
स्काई फोर्सको रिलिजलाई लिएर चर्चामा रहेका अक्षय कुमार रियल स्टेटमा लगानी गर्न अग्रपंक्तिमा रहेका स्टारमध्येका एक हुन् । अक्षयको मुम्बईदेखि गोवासम्म धेरै घरहरू रहेका छन् । अब एक समाचार अनुसार अभिनेताले हालै आफ्नो करोडौंको घर बेचेका छन् । जुन घर बोरिवली पश्चिममा थियो।
स्क्वायर यार्डका अनुसार यस लेनदेनसँग सम्बन्धित सम्पत्ति दर्ता कागजातहरू समीक्षा गरिएको छ। अक्षय कुमारद्वारा बेचेको सम्पत्ति स्काई सिटीमा स्थित छ, ओबेरोय रियल्टीद्वारा विकसित र २५ एकडमा फैलिएको छ। अभिनेताले यो अपार्टमेन्ट ४.२५ करोडमा बेचेका हुन् । जुनवाट उनले ७८ प्रतिशत नाफा कमाउन सफल भएका थिए ।
अक्षय कुमारले यो सम्पत्ति नोभेम्बर २०१७ मा किनेका थिए । त्यतिबेला उनले यो घरका लागि २.३८ करोड मात्रै तिरेका थिए । अपार्टमेन्टमा १,०७३ वर्ग फुट क्षेत्रफलको छ र यसमा दुईवटा कार पार्किङ ठाउँहरू पनि छन्। तर, कारोबारमा भने २५.५ लाखको स्ट्याम्प शुल्क र रु ३०,००० दर्ता शुल्क समावेश गरिएको छ।














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
प्रतिक्रिया