अखिल क्रान्तिकारीको मतदान हुँदै
मेरोन्यूज
२०८१ माघ १२ गते ९:००

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी)को नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । २३औं सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि आज मतदान हुन लागेको हो । जहाँ २४ सयभन्दा बढी प्रतिनिधिले मतदान गर्नेछन्। चुनाव बिहान ८ बजेदेखि काठमाडौँको विश्वभाषा क्याम्पस र वाल्मीकि क्याम्पसमा हुनेछ।
केन्द्रीय अध्यक्षका लागि उपदेश यादव, सुदिन पौडेल, विजयप्रकाश सापकोटा र हेमन्त राई प्रतिस्पर्धामा छन्।यस्तै, महासचिवका उम्मेदवारहरूमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जय फुयाँल रहेका छन्।
निर्वाचनबाट एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव, एक कोषाध्यक्ष, ३३ सदस्य र सचिवालयमा ४८ सदस्य गरी ३१२ सदस्य चयन हुनेछन्।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया