संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई देउवाको निर्देशन

काठमाडौं। नेपाली कांग्रेसले संसदभित्र र संसदबाहिर एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको पदाधिकारी, पूर्व पदाधिकारी, प्रमुख सचेतक-सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले पार्टीमा आन्तरिक केही कुरा भए आइतबार र सोमबार बस्न गइरहेको संसदीय दलको बैठकमा प्रस्तुत गरेर छलफल गर्ने र संसद् र संसद् बाहिर प्रस्तुत हुँदा एक ढिक्का भएर प्रस्तुत हुने निर्णय बैठकले गरेको जानकारी दिए ।
‘भोलि र पर्सी संसदीय दलको बैठकमा छलफल गरेर कांग्रेसभित्र रहेका केही कुरा छन् भने दलकै बैठकमा प्रस्तुत गर्ने र एक ढिक्का भएर एउटै आवाजका साथ एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदाखेरि एक ढिक्का भएर प्रस्तुत हुने सहमति भयो । निर्णय भयो,’ बैठकपछि प्रमुख सचेतक घिमिरेले भने ।
बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम–कारबाही, संसद्मा प्रस्तुत भएका विधेयक र प्रस्तुत हुने विधेयक तथा अध्यादेशहरूका बारेमा गृहमन्त्री रमेश लेखकले ‘ब्रिफिङ’ गरेका थिए ।
कृषिमन्त्री रामनाथ अधिकारी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आ–आफ्नो मन्त्रालयले गरिरहेका कामका बारेमा बैठकमा जानकारी गराएको प्रमुख सचेतक घिमिरेले बताए ।
उनले भने, ‘मैले संसद्को तर्फबाट विधेयकको अवस्था र कति छ र कुन अवस्थामा छ । कति पारित गर्न सक्छौँ भन्नेबारे जानकारी गराएँ ।’










सबै दल एकजुट भएर अघि बढे निर्वाचन राेकिँदैन : प्रधानमन्त्री कार्की
अपहरणमा परे १८ कोलम्बियाली सैनिक
जेनजी आन्दोलन : मानव अधिकार आयोग पुगेर मेयर बालेनले दिए बयान
HoR elections to proceed as scheduled: Minister Ghising
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
प्रतिक्रिया