अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको नजिता सार्वजनिक

काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको लुम्बिनी प्रदेशमा पदाधिकारी सबैको अन्तिम परिणाम आएको छ । निर्वाचन समितिका अनुसार सचिवका उम्मेदवारमध्ये खुला सचिवमा सर्वाधिक मत प्रशान्त बन्जाडेले रहेका छन् ।दोस्रोमा प्रेम जैसीले ६५ र तेस्रोमा हरिबहादुर वलीले रहेका छन् ।
यसैगरी सचिव छात्रामा समकृति पुनकाे ८१, दोस्रोमा सविता थापाकाे ७३ मत रहेकाे छ । यस्तै सचिव आदिवासी जनजातिमा दिपेश मगरले ६३ मत , सचिव दलितमा हरेन्द्र बहादुर विककाे ८९ मत रहेकाे छ ।
सचिव मधेसीमा अमर मण्डलले सर्वाधिक ५२ मत पाएका छन् । यस्तै कोषाध्यक्षमा सर्वाधिक ७२ मत फुलमाया रानामगरले पाएकी छिन् । यसअघि लुम्बिनीको मतगणना अन्तिम नतिजा अनुसार अध्यक्षका उम्मेदवारहरूमध्ये विजय प्रकाश शर्मा सापकोटाले ८७, हेमन्त राईले ६६, सुदिन पौडेलले २२, उपदेशकुमार यादवले १० तथा यागेन्द्रबहादुर बुढाले १ मत पाएका थिए ।
यस्तै उपाध्यक्ष छात्रातर्फ ममता अधिकारीले सर्वाधिक १२९ मत, उपाध्यक्ष आदिवासी जनजातितर्फ सन्दीप पुनले सर्वाधिक ९४ मत पाउँदा उपाध्यक्ष खुलामा मदन ढकालले सर्वाधिक ८८ मत पाएका छन् ।

















युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
प्रतिक्रिया