वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले सम्झौताअनुसार २५ करोड ९६ लाख ३६ हजार तीन सय ४० लागतमा पुल निर्माण गरिरहेको छ । ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र निर्माण अगाडि बढाइएको छ ।
सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गरिसक्नुपर्ने भएकाले सोहीअनुरुप निर्माणकार्यलाई तीव्रताका साथ अगाडि बढाइएको निर्माण व्यवसायीको भनाइ छ । पुल निर्माणमा संलग्न इञ्जिनियर विकास श्रेष्ठका अनुसार पुलको पिलर ठड्याउने कामसँगै सबट्रक्चरको काम पूरा भएको छ ।
सुपर स्ट्रक्चर निर्माण अगाडि बढाइएको छ । नदी दुवैतर्फको तटन्ध निर्माण हुन बाँकी छ । ठेक्का सम्झौताअनुसार पुलको दायाँबायाँको क्षेत्रमा आठ सय २५ मिटर लम्बाइको तटबन्ध निर्माण हुने इञ्जिनियर श्रेष्ठले बताए । पक्की पुल क्षेत्रमा तीन सय मिटर कालोपत्र हुने छ । पुलको लम्बाइ दुई सय ७५ मिटर रहेको छभने चौडाइ ११ मिटर छ ।
पुल निर्माणका लागि २०७८ साल फागुन ५ गते ठेक्का सम्झौता भएको थियो । पुल निर्माणकार्य २०८१ साल फागुन ४ गतेभित्र पूरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघि आएको बाढीले चुडालेर बगाएपछि स्थानीय बासिन्दा वर्षात्का बेला बाढी आएको नदी तर्न बाध्य छन् ।
हिउँमा स्थानीय विपद् समितिले निर्माण गरेको अस्थायी पुलमा सवारीसाधन गुडाएवापत शुःल्क तिर्दै आएका छन् । पुल निर्माण पूरा भएपछि नदीमा जोखिम मोलेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने वडाध्यक्ष नवलसिंह राना बताउँछन् ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया