नाडाका सुझाव मनन गरिदिन सरकारलाई आग्रह

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आफूले दिएका सुझावहरू मनन गरिदिन सरकारलाई आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नाडाले यस्तो आग्रह गरेको हो ।
सरकारले हालै अध्यादेशमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन गरेको ऐन संशोधन स्वागतयोग्य रहेको जनाँउदै नाडाले आफूले प्रस्तुत गरेका सुझावहरूतर्फ पनि सरकारको ध्यान जाने अपेक्षा गरेको छ ।
नाडाले खस्कँदो अटोमोबाइल व्यवसाय र देशको समग्र अर्थतन्त्रमा सुधार ल्याउन तथा उपयुक्त व्यावसायिक वातावरण निर्माण गर्न पटकपटक सुझावहरू दिँदै आएको छ ।
अर्थ मन्त्रालयलाई २२ बुँदे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एजेन्सी संशोधन र एकीकरणका सम्बन्धमा ४ बुँदे र नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिसँग सम्बन्धित ६ बुँदे सुझावहरू दिइएको नाडाका महासचिव सुरेन्द्रकुमार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
बंगलादेश, भुटान, भारत र नेपालबीच खुला यातायात प्रणाली सञ्चालनमा आउनु सुखद् विषय रहेको भन्दै नाडाले यस विषयमा सरकारले सम्झौता गर्दा नेपालमा पर्ने केही व्यावहारिक पक्षहरूबारे विशेष ध्यान दिनुपर्ने सुझाव दिएको छ ।
नेपालमा आयात गरिने झण्डै ८० प्रतिशत यातायातका साधनहरू भारतबाट आयात हुने र त्यसमा २५० देखि ३५० प्रतिशतसम्म महसुल लाग्ने व्यवस्थाले अटोमोबाइल व्यवसायीहरूले आफ्नो व्यवसाय नै छोड्नुपर्ने अवस्था आउने आउने भन्दै सरकार यो विषयमा गम्भीर हुनुपर्ने टड्कारो आवश्यकता रहेको नाडाको भनाइ छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया