नाडाका सुझाव मनन गरिदिन सरकारलाई आग्रह

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आफूले दिएका सुझावहरू मनन गरिदिन सरकारलाई आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नाडाले यस्तो आग्रह गरेको हो ।
सरकारले हालै अध्यादेशमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन गरेको ऐन संशोधन स्वागतयोग्य रहेको जनाँउदै नाडाले आफूले प्रस्तुत गरेका सुझावहरूतर्फ पनि सरकारको ध्यान जाने अपेक्षा गरेको छ ।
नाडाले खस्कँदो अटोमोबाइल व्यवसाय र देशको समग्र अर्थतन्त्रमा सुधार ल्याउन तथा उपयुक्त व्यावसायिक वातावरण निर्माण गर्न पटकपटक सुझावहरू दिँदै आएको छ ।
अर्थ मन्त्रालयलाई २२ बुँदे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एजेन्सी संशोधन र एकीकरणका सम्बन्धमा ४ बुँदे र नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिसँग सम्बन्धित ६ बुँदे सुझावहरू दिइएको नाडाका महासचिव सुरेन्द्रकुमार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
बंगलादेश, भुटान, भारत र नेपालबीच खुला यातायात प्रणाली सञ्चालनमा आउनु सुखद् विषय रहेको भन्दै नाडाले यस विषयमा सरकारले सम्झौता गर्दा नेपालमा पर्ने केही व्यावहारिक पक्षहरूबारे विशेष ध्यान दिनुपर्ने सुझाव दिएको छ ।
नेपालमा आयात गरिने झण्डै ८० प्रतिशत यातायातका साधनहरू भारतबाट आयात हुने र त्यसमा २५० देखि ३५० प्रतिशतसम्म महसुल लाग्ने व्यवस्थाले अटोमोबाइल व्यवसायीहरूले आफ्नो व्यवसाय नै छोड्नुपर्ने अवस्था आउने आउने भन्दै सरकार यो विषयमा गम्भीर हुनुपर्ने टड्कारो आवश्यकता रहेको नाडाको भनाइ छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया