शनिबार, फागुन ३०, २०८२

बाल संस्थालाई हिमालय एयरलाइन्सको सहयोग

मेरोन्यूज २०८१ माघ १३ गते १७:४७

काठमाडौँ। चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सामाजिक उत्तरदायित्व पहलका लागि हिमालय एअरलाइन्सले प्रयास नेपालका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

चिनियाँ टोलीले बालबालिकाहरूको शारीरिक अवस्था तथा आवश्यकताहरु ध्यानमा राखी वरिष्ठ चिकित्सकहरुद्घारा माया र ममताका साथ विभिन्न जाँचहरु, स्वास्थ्य शिक्षा तथा गतिविधिहरु संचालन गरेको एयरलाइन्सले जनाएको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपालले बालबालिकाका लागि एक वर्षको आपूर्तिसँगै दैनिक अत्यावश्यक किराना, खाजा र अन्य अत्यावश्यक सामग्रीको लागि रु ६ लाखको चेक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एनयोङले भने, “हामीले गर्ने सबै कुरा सानो योगदान हुन सक्छ तर यी बालबालिकाको निर्दोष मुस्कान र दृढताले हामीलाई अनन्त शक्ति प्रदान गर्दछ । बालबालिकाहरू खुसी तथा स्वस्थ रुपमा हुर्किएको देख्न पाउनु नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हो ।’

२००३ मा स्थापना भएदेखि प्रयास नेपाल विशुद्ध रूपमा अनाथ बालबालिकाहरूको जीवन सुधार गर्न प्रतिबद्ध भई गैर–नाफामुखी र गैर–सरकारी संस्थाको रूपमा रहेको छ । हाल, अनाथालयले १८ बालबालिकाको हेरचाह गर्दे आएको छ । उनीहरूलाई न्यानो आश्रय, गुणस्तरीय शिक्षा र विचारशील मनोवैज्ञानिक सहयोग प्रदान गर्दै, बच्चाहरूलाई आत्मनिर्भर र आत्मविश्वासी व्यक्तित्व विकास गर्न र सामाजिक र स्वतन्त्र जीवनको भविष्यको लागि राम्रोसँग तयार पार्न जीवन सीप प्रशिक्षण प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया