यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह

काठमाडौं । यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् ।
शुक्रबार काठमाडौं सोल्टीमोड स्थित हायात सेन्ट्रिकमा एक भव्य सम्मान समारोहको आयोजना गर्दै यशोदा फूड्सले कार्यकारी निर्देशकमा शाहलाई नियुक्त गरिएको घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्न ओभर एक सय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेट, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।
समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यवसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले खादा र फूलको गुच्छा सहित जीपी शाहलाई ग्लोबल कार्यकारी निर्देशक रूपमा सम्मान गर्दै स्वागत गरेका थिए ।
ग्लोबल कार्यकारी निर्देशकको पदमा जीपी शाहको नियुक्ति संगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ ।










आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया