सरकारले ल्याएका अध्यादेश २२ माघमा संसद्मा निर्णयार्थ पेस हुने
मेरोन्यूज
२०८१ माघ १४ गते १३:२९

काठमाडौं। सरकारले ल्याएको सबै अध्यादेश माघ १८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्ने सहमति भएको छ ।
आज बसेको सभामुख र पाँच दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो ।
यस्तै भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने बुझिएको छ । आजको बैठकमा यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको छ ।
आगामी माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । ‘बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुनेछ । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । र २२ गते अध्यादेशहरू निर्णयार्थ पेस गरिनेछ,’ बैठकमा सहभागी एक सचेतकले भने ।
सम्बन्धित











राष्ट्रिय वाणिज्य बैंक सम्मानित
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी सुन्धाराबाट पक्राउ
प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया