साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग

रौतहट। बैदेशिक रोजगारीमा गएको बेला साउदी अरबमा मृत्यु भएका रौतहटको मध्यभाग गरुडा नगरपालिका ६ का स्वर्गीय मिस्टर लेहेरिको परिवार लाई १० लाख रुपैयाँ सहयोग भएको छ।
गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मृतक लहेरीको श्रीमती हिरजा खातुनलाई वैदेशिक रोजगार बोर्डबाट प्राप्त भएको १० लाख रुपैयाँको सहयोग रकम चेक हस्तान्तरण गरेका हुन्।
श्रम स्वीकृतिको म्याद सकेर एक वर्ष भित्र मृत्यु भएका लहेरीको क्षतिपूर्ति रकम पाउने ब्यवस्था अनुसार उनको परिवारले मात्र १० लाख रुपैयाँ पाएको मेयर जैसवालले बताएका छन्।
बीमाको म्याद नसकेको भए बैदेशिक रोजगार बोर्डबाट थप रु १४ लाख गरी कुल २४ लाख रुपैयाँ पाउन नसकिने व्यवस्था रहेको जनाईएको छ।
लहेरीको परिवारलाई गरुडा नगरपालिकाबाट आवश्यक सहयोग गरिने मेयर जैसवालले प्रतिबद्धता व्यक्त गरेका छन्। बैदेशिक रोजगारीमा गएका लहेरीको साउदी अरेबियामा २०८१ साल पुस २२ मा मृत्यु भएको पीडित परिवारले जनाएको छ।













फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया