जनतालाई सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेका छन् : राष्ट्रपति पौडेल

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका- ८ पुलिमराङस्थित शहीद पार्कमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको खुसीका लागि विकासको काममा जुटेको उल्लेख गरे ।
नेपाल चाँडै उन्नतिको बाटोमा अगाडि बढ्ने बताउँदै राष्ट्रपति पौडेलले भने, ‘अरू मुलुक जस्तै नेपालको पनि अब प्रगति हुन्छ । नेपालमा केही भएन भनेर निराशा व्यक्त गर्ने होइन । अब सबै मिलेर नेपाल बनाउने बेला आएको छ ।’
उनले कृषि क्रान्ति गरेर उद्योग व्यवसाय स्थापना गरी गाउँमा नै रोजगारी र आम्दानी गराउनेतर्फ सरकार लागिपरेको उल्लेख गरे ।
उनले भने, ‘नेपाली जनतालाई सुखी र खुसी बनाउन चाहन्छौं । राज्यले त्यहीअनुसार काम गरिरहेको छ ।’
राष्ट्रपति पौडेलले शहीदको बलिदानीका कारण नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले शहीदले देखाएको बाटो भुल्न नहुने बताए ।
नेपाली जनताको स्वतन्त्रता र प्रजातन्त्र स्थापनाका लागि शहीदको भूमिका अतुलनीय रहेको पौडेलको भनाइ थियो । उनले भने, ‘प्रजातन्त्र स्थापनाका लागि पुलिमराङको पनि महत्त्वपूर्ण भूमिका छ । विसं २००७ को क्रान्ति होस् या २०१८ सालको क्रान्तिमा यहाँका शहीदको बलिदानी महत्त्वपूर्ण रह्यो । पुलिमराङ शहीदको भूमि हो ।’
राष्ट्रपति पौडेलले पुलिमराङसम्म आउने बाटो छिट्टै कालोपत्र हुने बताए ।
शहीद पार्कमा भरत गुरूङ, शमशेरबहादुर गुरूङ, लालध्वज गुरूङ, धर्मध्वज गुरूङ, सर्वसिंह गुरूङ, हस्तवीर गुरूङको लहरै अर्धकदको प्रतिमा रहेका छन् । यी सबै शहीद पुलिमराङमा जन्मिएका थिए । जसले राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरूद्धको आन्दोलनमा ज्यान गुमाए ।
शहीदपार्क बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहल गरेका थिए । विसं २०५१ चैत २९ गते पुलिमराङ गाउँमा सौर्य परियोजना उद्घाटन गर्न आएका बेला कोइरालाको तदारूकतामा समिति बनेको थियो । विसं २०६६ मा शहीद स्मारक बनाएर ६ जना शहीदको अर्धकदको सालिक राखियो । ती सालिकको एक दशकपछि अनावरण गरिएको थियो ।
यसैबीच तनहुँको व्यास नगरपालिका- ८ पुलिमराङस्थित शहीद स्मारक कोष समितिले शहीद पार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको छ । समितिले यस क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेको हो ।
बृहत् गुरूयोजनाअनुसार शहीद पार्कको सर्वाङ्गीण विकासका लागि रू १५ करोड बजेट आवश्यक पर्ने देखिएकाले बजेट विनियोजनका लागि भूमिका खेलिदिन पौडेलसमक्ष आग्रह गरिएको समितिका अध्यक्ष एकबहादुर गुरूङले जानकारी दिए ।
शहीद स्मारक पार्क पुलिमराङको वर्तमान अवस्थाका बारेमा राष्ट्रपति जानकार रहेको भन्दै उनले यहाँको विकास निर्माणअन्तर्गत पक्की बाटो, बिजुली बत्तीको गुणस्तरीय व्यवस्थापन, पर्यटकीय सम्भावना, कृषि एवं आयआर्जनका विषयमा स्थानीयलाई देखिनेगरी विकास निर्माणमा सरकारसँग सहयोग उपलब्ध गराउन पौडेलको ध्यानाकर्षण गराइएको छ ।















Fire destroys 330 hectares of forest in Jumla
जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया