नेपाललाई नेदरल्यान्ड्सले दियो १५८ रनको लक्ष्य
मेरोन्यूज
२०८१ माघ १७ गते १३:५२

काठमाडौं। त्रिदेशीय महिला क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाली टिमले नेदरल्यान्ड्सबाट १५८ रनको लक्ष्य पाएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५७ रन बनाएकाे हाे ।
नेदरल्यान्ड्सका लागि रोबिन रिज्कीले नटआउट ५९ रन बनाइन् । यस्तै आइरिस ज्वेइलिङ १३ बलमा ३१ रन जोडिन्।
बलिङतर्फ नेपालका कविता कुँवर, पूजा महतो, इश्वरी विष्ट र सीता रानामगरले १-१ विकेट लिए।
सम्बन्धित
प्रतिक्रिया