निर्माणाधीन पुलको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १४ गते ९:०६

हेटौंडा । मकवानपुरको हेटौँडा–१३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक जनाको शव सोमबार राति फेला परेको छ ।
ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गाल रहेको प्रहरीले जनाएको छ ।
उनी दिउँसोदेखि पुल निर्माणका लागि निर्माण सामग्री निकाल्दा बनेको कृत्रिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको पौडी टोलीले राति अबेर उनको शव फेला पारेको हो ।
सोमबार हेटौँडा–१३ मै ३२ वर्षीय अर्का पुरुष मृत भेटिएका थिए । हेटौँडा–१४ कालापानीका ३२ वर्षीय जमानसिंह मोक्तानलाई बारीमा मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया