बिहीबार ३ इजरायली र ५ थाई बन्धकसँग १९०० प्यालेष्टिनी बन्दी आदानप्रदान हुने

जेरुसेलम। इजरायल र प्यालेष्टिनी इस्लामी समूह (हमास)ले गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीबार तीन इजरायली र पाँच थाई बन्धकसँग तेस्रो पटक बन्धक÷बन्दी आदानप्रदान गर्ने तयारी भएको छ ।
चौथो आदानप्रदान सप्ताहन्तका लागि तय गरिएको छ । हमासले बुधबार इजरायलले सहायता वितरण रोकेर सम्झौतालाई खतरामा पारेको आरोप लगाएको छ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायली नागरिक अरबेल येहुद, अगम बर्जर र गादी मोसेसको पहिचान गरेको छ ।
बुधबार साँझ एक वक्तव्य जारी गर्दै मोसेस परिवारले ‘हाम्रा प्रिय गादीको पुनरागमनको अद्भुत खबर निकै उत्साहका साथ प्राप्त भएको’ जनाएको छ ।
जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौता अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा इजरायलबाट बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका लागि बदलामा इजरायली हिरासतमा रहेका एक हजार ९०० व्यक्तिहरू (अधिकांश प्यालेस्टिनी) लाई रिहा गर्ने सहमति भएको छ ।
हमासले हालसम्म सात जना इजरायली बन्धकलाई रिहा गरिसकेको छ भने बदलामा इजरायलले २९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।‘प्यालेस्टाइन प्रिजनर्स क्लब एड्भोकेसी ग्रुप’का अनुसार हमासले तीन जना इजरायलीलाई बिहीबार रिहा गर्दा बदलामा इजरायलले ११० जना प्यालेष्टिनी कैदीलाई रिहा गर्न लागेको हो ।
नेतन्याहूको कार्यालयले शनिबार हुने अर्को अदलाबदलीमा थप तीन जना इजरायली नागरिकलाई रिहा गरिने जनाएको छ ।
















जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया