सोमबार, चैत ९, २०८२

महिला टी-२० मा आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै

मेरोन्यूज २०८१ माघ १८ गते ९:४९

काठमाडौँ । त्रिकोणात्मक महिला टी-२० शृङ्खलामा शुक्रबार नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। 

Advertisement
nepal life insurencenepal life insurence

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे शुरु हुनेछ। नेदरल्याण्ड्सको महिला टोली आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिँदा थाइल्याण्ड विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछ। नेदरल्याण्ड्सले पहिलो खेलमा हिजो नेपाललाई २० रनले पराजित गरेको थियो ।

नेपालले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । शृङ्खलामा नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सहभागी छन्। 

प्रतिक्रिया