इसिबीद्वारा प्रमुख व्याजदरमा २५ प्रतिशत अङ्कको कटौती

फ्रयाङ्कफर्ट । युरोपेली केन्द्रीय बैङ्क (इसिबी) ले बिहीबार प्रमुख ब्याजदरमा २५ प्रतिशत अङ्कले कटौती गर्ने निर्णय गरेको छ ।
ब्याजदर कटौतीपछि निक्षेप सुविधा, मुख्य पुनर्कर्जा सञ्चालन र सीमान्त कर्जा सुविधाको ब्याजदर घटाएर क्रमशः २.७५ प्रतिशत, २.९ प्रतिशत र ३.१५ प्रतिशतमा झार्ने इसिबीले जनाएको छ ।
मुद्रास्फीतिको दृष्टिकोणको अद्यावधिक मूल्याङ्कन, अन्तर्निहित मुद्रास्फीतिको गतिशीलता र मौद्रिक नीति प्रसारणको शक्तिमा आधारित रहेर ब्याजदर घटाउने निर्णय भएको हो ।
मुद्रास्फीतिलाई दिगो रूपमा मध्यम स्तर अर्थात् २ प्रतिशतमा ल्याई आफ्नो जिम्मेवारीलाई पछ्याउन कटिबद्ध रहेको दोहोर्याउँदै इसिबीले आफ्नो भविष्यको मौद्रिक नीतिहरू निर्धारण गर्न आफ्नो तथ्याङ्क र बैठकको समीक्षा र दृष्टिकोणमा अडिग रहने कुरामा जोड दिएको छ ।
“यूरोपेली अर्थतन्त्रले अझै पनि सङ्कटको सामना गरिरहेको छ तर बढ्दो वास्तविक आय र प्रतिबन्धात्मक मौद्रिक नीतिको क्रमशः लोप हुँदै गएको प्रभावले समयको साथ माग वृद्धिलाई सहयोग गर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
युरो क्षेत्रमा मुद्रास्फितिको चिन्ता कम हुँदै गएपछि केन्द्रीय बैङ्कले मौद्रिक नीतिलाई खुकुलो बनाउने अपेक्षा बजार अवलोकनकर्ताले गरेका छन् ।













चितवनमा थपिए ३४ मतदान केन्द्र
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया