महाकुम्भकी भाइरल मोनालिसाले फिल्ममा, पाइन २१ लाख पारिश्रमिक

मुम्बइ । भारतको प्रयागराजमा जारी महाकुम्भ २०२५ यतिबेला निकै चर्चामा रहेको छ । महाकुम्भका धेरै भिडियो र रिल्सहरू भाइरल भइरहेका छन् । पछिल्लो समय एक युवती आफ्नो आँखाका कारण निकै चर्चामा छिन्, यी युवतीको नाम हो– मोनालिसा ।
‘ब्राउन आइड’ मोनालिसाको भाग्य अब फेरिएको छ, किनभने उनी अब अभिनेत्री बन्न लागेकी छिन् । हो, मोनालिसा चाँडै नै बलिउड फिल्ममा देखिदै छिन् । उनको फिल्मको नाम ‘डायरी अफ मणिपुर’ हो । अहिले यो फिल्मबाट मोनालिसाले पनि राम्रो पारिश्रमिक लिएकी छिन् ।
एनडीटीभीका अनुसार मोनालिसाले फिल्म ‘डायरी अफ मणिपुर’ का लागि २१ लाख भारु पारिश्रमिक लिएकी छिन् । त्यसमध्ये उनलाई १ लाख रुपैयाँ हस्ताक्षर रकम दिइएको छ । आफ्नो जादुमयी आँखा र मनमोहक मुस्कानका कारण महाकुम्भमा भाइरल भएकी मोनालिसा अहिले आफ्नो घर अर्थात् मध्य प्रदेशको महेश्वर फर्किएकी छिन् ।
उनी पूरै महाकुंभको समयमा प्रयागराजमा बसेर रुद्राक्ष माला बेच्ने गर्थिन् तर १५ दिनभित्रै महाकुम्भ छाड्नु परेको थियो किनभने भाइरल भएका कारण उनले न माला बेच्ने काम राम्ररी गर्न सकेकी थिइन्, न आरामको सास नै फेर्न सकेकी थिइन् । क्यामेराहरू उनको पछिल्तिर घुम्न थाले, अहिले उनी आफ्नो घर फर्किसकेकी छिन् ।
निर्देशक सनोज मिश्रले मोनालिसाको गाउँ पुगेर आफ्नो फिल्म ‘डायरी अफ मणिपुर’मा उनीसँग साइन गराएका छन् । यस फिल्ममा मोनालिसा मुख्य भूमिकामा देखिने छिन् । फिल्मको छायांकन अघि उनलाई मुम्बईमा अभिनयको तालिम पनि दिइनेछ ।
कुम्भमेलामा अचानक भाइरल भएपछि मोनालिसाको सुन्दरता र आकर्षक व्यक्तित्वले मेलामा आउने मानिसहरूको ध्यान तान्यो। त्यसपछि सनोज मिश्रले आफ्नो फिल्ममा मोनालिसालाई कास्ट गर्ने निर्णय गरेका हुन । निर्देशक सनोज मिश्र अहिले फिल्म ‘डायरी अफ मणिपुर’ को तयारीमा व्यस्त रहेका छन् ।










मक्काबाट मदिना जाँदै गरेकाे बस ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
प्रहरीको आग्रह : एनपीएलको पहिलो दिनको टिकट बिक्री भइसक्यो, बाहिर भीड नगरौँ
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया