ट्रम्प प्रशासनद्वारा मेक्सिको, क्यानडा, र चीनबाट आयातित सामानमा कर बृद्धिको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कार्यालय ह्वाइट हाउसले मेक्सिको,क्यानडा र चीनबाट आयात गरिने माल सामानमा कर बृद्धिको घोषणा गरेको छ ।
पुनः राष्ट्रपति बनेपछि ट्रम्पले आज शनिबारदेखि मेक्सिकोमा २५ प्रतिशत, क्यानडामा २५ प्रतिशत र चीनमा १० प्रतिशत कर लगाउने घोषणा गरेका जनाएको छ । आयातित मालसामानमा लगाइने यो करलाई ट्यारिफ भन्ने गरिन्छ । करकै कारण ट्रम्पको पहिलो कार्यकाल (सन् २०१८)मा पनि चीन र अमेरिकाबीचको व्यापारिक सम्बन्ध प्रभावित भएको थियो, जुन निवर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि जारी रह्यो।
यस्तो कर सामान निर्यातकर्तामा नभई आयात गर्ने कम्पनीहरूमा लागु गरिन्छ र यो आयातको मूल्यको अनुपातमा हुन्छ। यसमा यदि अमेरिकाको कम्पनीले मालसामान आयात गर्दै छ र उसले करको मूल्य जो व्यक्तिले सामान किन्दै छ उसमाथि उच्च खुद्रा मूल्य तोकेर लियो भने आर्थिक भार त्यही अमेरिकी उपभोक्ताले बेहोर्नुपर्छ।
डोनल्ड ट्रम्पको धारणा के छ भने यस्तो कर लगाउँदा त्यसले अमेरिकामा घरेलु रोजगारी सिर्जना र संरक्षण गर्छ। त्यसै गरी यसले गर्दा राजस्व बढ्ने र अमेरिकी अर्थतन्त्र वृद्धि हुने उनको दाबी छ ।
















कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
प्रतिक्रिया