गाजा युद्धविरामः शनिवार तीन इजरायली बन्धक रिहा, बदलामा १८० प्यालेष्टिनी बन्दी रिहा

हमासका लडाकूसमूहले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर बसेका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेका छन् । युद्धविराम सम्झौता अनुसार इजरायलले बन्धकको रिहाइको बदलामा १८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई छोडेको छ ।
इजरायलले शनिवार छाड्नेमा १०० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र करिब ७० जना भन्दा धेरै लामो अवधिको सजाय वा आजीवन कारावास सजाय तोकिएका व्यक्तिहरू हुन्। इजरायल र प्यालेस्टिनी इस्लामिक समूह हमासबीच जनवरी १९ देखि लागू भएको युद्धविराम र बन्धक बन्दी आदानप्रदान सम्झौताअन्तर्गत मुक्त हुने बन्धकहरूको यो चौथो समूह हो।
प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट रेडक्रसलाई बुझाइएका ३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोन इजरायल आइपुगेको इजरायली सुरषा बल (आईडीएफ)ले जनाएको छ। अर्का बन्धक ६५ वर्षीय किथ सिगललाई भने शनिवार नै गाजासिटीबाट मुक्त गरिएको थियो ।
उहाकोँ इजरायल र अमेरिकाको दोहोरो नागरिकता रहेको छ । उनीहरू जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन्। यसैबीच, बिवासकी श्रीमती र दुई छोराहरूको बन्धक रहेकै अवस्थामा गाजामा मृत्यु भएको भनिएको घटनाबारे इजरायलले मध्यस्थकर्ताबाट स्पष्ट जानकारी मागेको छ ।
बन्धक बनाइँदा बिवासका एक छोरा चार वर्षका र अर्का १० महिनाका थिए। हमासले इजरायली हवाइ हमलामा परेर सन् २०२३ नोभेम्बरमा उनीहरूको मृत्यु भएको दाबी गरेपनि इजरायलले त्यसको अझै पुष्टि गरेको छैन।
















मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया