सोमबार, चैत ९, २०८२

महिला टी-२० आई शृंखलामा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै

मेरोन्यूज २०८१ माघ २३ गते ७:५२

काठमाडौं ।  घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी-२ शृङ्खलामा लगातार चार खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले बुधबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्ड्ससँगको खेल बुधबार दिउँसो १२:१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ।

Advertisement
nepal life insurencenepal life insurence

उपाधि होडबाट बाहिरिएको नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ। पाहुना टोली नेदरल्याण्ड्स भने यसअघि दुई खेलमा नेपाललाई पराजित गरेकाले उच्च मनोबलका साथ मैदानमा हुनेछ।पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो। तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले पराजित नेपाल चौथो खेलमा मंगलबार थाइल्याण्डसँग मात्र पाँच रनले पराजित भयो। उपाधिको गणितीय सम्भावना कायमै रहेको थाइल्याण्डसँगको खेल मंगलबार नेपालले गुमाएको हो।

नेपालको उपाधि यात्रा समाप्त भइसकेको छ। बुधबार हुने नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल सान्त्वना जित निकाल्न चाहन्छ। शृङ्खलाको अन्तिम खेलमा नेपालले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया