तस्करीको आशंकामा ६५ लाखको सामान बोकेको ट्रक बारा प्रहरीको नियन्त्रणमा
मेरोन्यूज
२०८१ माघ २४ गते १८:५२

काठमाडौं । बारा प्रहरीले तस्करीको आशंकामा एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
बिहीबार बिहान प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ना८ख ४५६३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
गौरबाट काठमाडौं जाँदै गरेको ट्रक पथलैया चोकमा चेकजाँचमा खटिएको टोलीले बिहान ६:५० बजे नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।
उक्त ट्रकमा ६५ लाख २९ हजार ९५० रुपैयाँ बराबरको कस्मेटिक, जुत्ता, कपडा, औषधी, हार्डवेयरलगायतका खुद्रा सामान रहेको प्रहरीले जनाएको छ। ती सामान बिल बिजकभन्दा बढी देखिएपछि तस्करीको आशंका गरी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
ट्रक र सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।
सम्बन्धित















नेपालगन्जमा १६ औषधि पसल निलम्बनमा
ग्लोबल आइएमई बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्ने
इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
बागमती सरकारको आठ महिनाको खर्च १७ प्रतिशत
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
प्रतिक्रिया