काेराेना महामारीका बीच चिया निर्यातमा वृद्धि

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणको महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा रु दुई अर्ब ७८ करोड बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकोमा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमै रु तीन अर्ब छ करोड बराबरको नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ले देखाएको छ ।
त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आव २०७५/०७६ मा २५ हजार २०५ मेट्रिक टन चिया उत्पादन हुँदा आव २०७६/०७७ मा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । गत वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर परे पनि अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षेति व्यहोर्नु परेन ।
लकडाउनका बीच पनि स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी बोर्डको अग्रसरतामा चिया बगान र उद्योग सञ्चालनमा रहेका थिए । यस समयमा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराइले जानकारी दिए ।
बोर्डले भोलि वैशाख १५ गते ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ राष्ट्रिय चिया दिवसको २५ औँ संस्करण मनाउँदैछ । नेपालले धेरै उपभोग्य वस्तु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी आत्मनिर्भर भएको पनि धेरै भइसकेको छ ।
स्वदेशमा चिया उपभोग गरी बढी भएको उत्पादन भारतलगायतका तेश्रो मुलुकमा निर्यात भइरहेको छ । नेपाली चियाको खपत वार्षिक २०० ग्राम प्रतिव्यक्ति भन्दा कम रहेको अनुमान गरिन्छ । छिमेकी मुलुक भारतमा भने वार्षिक ३३० ग्राम प्रतिव्यक्ति खपत रहेको छ । आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवाला लाग्नुपर्ने उनको भनाइ छ । चियामा पाइने थिफलाबिन तत्वले कोरोना भाइरसको असरलाई समेत रोक्न सहयोग पुग्ने चिया अनुसन्धान सङ्घले जनाएको छ ।









एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १४४ रनको लक्ष्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रतिक्रिया