एलिना चौहान भन्छिन्- धोकेबाज शब्द सुन्दा आफैलाई भने जस्तो लाग्छ

काठमाडौं। गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन्।
शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन्।
‘धोकेबाज मलाई भनेको कि गीत? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन्।
दर्शकले धोकेबाज गीत वान्समोरभन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी थिइन्। उनले पढ्ने उमेरमा प्रेममा नपर्न सुझाव दिएकी छन्।
यस्तै उनले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन्। ‘भर्खंर भर्खंर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन्। त्यसपछि उनले के माया लाउछ र गीत गाएकी थिइन्।’
यसका साथै उनले तिम्रो मायाले बाँधेर राख, धोकेबाज हौं तिमि, कट्टा हान्दिन्छु, रक्सी चुरोट छाड्न पाउन्नौं, दुश्मन हेरेको हेरेई, मिनरल वाटरलगायत आधिदर्जन गीत गाएकी थिइन्।
गायिका चौहानले काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटाविरुद्ध गत शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन्।














कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया