दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

काठमाडौँ। भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवनको आज उद्घाटन गरिएको छ ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत रु दुई करोड ५३ लाख लागतमा निर्माण हुने उक्त परियोजनाको नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
सो अवसरमा उनीहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको उपस्थिति थियो ।
भारत सरकारको अनुदान स्वास्थ्य चौकी भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) का रूपमा लिएर दार्चुलाको नौगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो ।
निर्माण गरिएको पूर्वाधार दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवासुविधा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरिएको छ । निर्मित स्वास्थ्य चौकी भवनले सेवा प्रवाहमा सुधार गर्न मद्दत गर्नुका साथै सुदूरपश्चिम क्षेत्रका नागरिरको उपचार पहुँच वृद्धि गर्ने अपेक्षा लिइएको गाउँपालिकाका अध्यक्ष धामीले बताए । यस परियोजनाबाट १५ हजार बढी जनता लाभान्वित हुने अपेक्षा गरिएको छ ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया