मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल

काठमाडौं । राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधि सभामा टेबुल गरिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरेका हुन् ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत जेठ १३ गते पत्रकारिता क्षेत्रमा पेसागत तथ व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवद्र्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालनसँग सम्बन्धित सो विधेयक राष्ट्रिय सभामा प्रस्तुत गरेका थिए ।
सो विधेयक उपर जेठ २० गते सामान्य छलफल भएको थियो । त्यसपछि सो विधेयकमाथि राष्ट्रियसभामा दफावार छलफल भएपछि दफावार छलफलका लागि जेठ २८ गते समितिमा पठाइएको थियो । समितिले यही माघ १८ गते राष्ट्रियसभामा प्रतिवेदन पेस गरेपछि आज प्रतिनिधि सभामा टेबुल गरिएको हो ।

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया