च्याम्पियन्स लिग : सिटीको मैदानमा रियलको रोमाञ्चक जित

काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स लिगअन्तर्गत प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको छ। रियलले सिटीकै मैदानमा बुधबार बिहान राति ३-२ गोलको रोमाञ्चक जित निकालेको हो।
इत्तिहाद रंगशालामा रियलका लागि किलियन एमबाप्पे, ब्रहिम डियाज र जुड बेलिङ्घमले गोल गरेका थिए। सिटीका दुवै गोल एर्लिङ हालान्डले गरेका थिए।
खेलमा सिटीले सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा रियलले रोमाञ्चक जित दर्ता गर्यो।
खेलको १९औं मिनेटमा हालान्डको गोलमार्फत् सिटीले अग्रता लिएको थियो। ६०औं मिनेटमा एमबाप्पेले रियललाई बराबरीमा ल्याएका थिए।
तर, हालान्डले ८०औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा सिटी २-१ ले अगाडि बढेको थियो। त्यसको ६ मिनेटमै रियलका डियाजले बराबरी गोल गरे।
इन्जुरी समयमा बेलिङ्घमले गोल गर्दै रियललाई ३-२ को पुनरागमन जित दिलाएपछि सिटी स्तब्ध बन्न पुग्यो।
यो जितसँगै साबिक बिजेता रियलको च्याम्पियन्स लिगमा सम्भावना बलियो बनेको छ। अब दोस्रो लेगमा रियलले घरेलु मैदानमा खेल्ने छ।











दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया