च्याम्पियन्स लिग : सिटीको मैदानमा रियलको रोमाञ्चक जित

काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स लिगअन्तर्गत प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको छ। रियलले सिटीकै मैदानमा बुधबार बिहान राति ३-२ गोलको रोमाञ्चक जित निकालेको हो।
इत्तिहाद रंगशालामा रियलका लागि किलियन एमबाप्पे, ब्रहिम डियाज र जुड बेलिङ्घमले गोल गरेका थिए। सिटीका दुवै गोल एर्लिङ हालान्डले गरेका थिए।
खेलमा सिटीले सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा रियलले रोमाञ्चक जित दर्ता गर्यो।
खेलको १९औं मिनेटमा हालान्डको गोलमार्फत् सिटीले अग्रता लिएको थियो। ६०औं मिनेटमा एमबाप्पेले रियललाई बराबरीमा ल्याएका थिए।
तर, हालान्डले ८०औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा सिटी २-१ ले अगाडि बढेको थियो। त्यसको ६ मिनेटमै रियलका डियाजले बराबरी गोल गरे।
इन्जुरी समयमा बेलिङ्घमले गोल गर्दै रियललाई ३-२ को पुनरागमन जित दिलाएपछि सिटी स्तब्ध बन्न पुग्यो।
यो जितसँगै साबिक बिजेता रियलको च्याम्पियन्स लिगमा सम्भावना बलियो बनेको छ। अब दोस्रो लेगमा रियलले घरेलु मैदानमा खेल्ने छ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया