रौतहटमा पिकअपबाट २२ क्युफिट काठ बरामद
मेरोन्यूज
२०८१ माघ ३० गते १९:५२

रौतहट । गौर-चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत शिवनगर चोकमा सालको काठसहितको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
नक्कली बिल भेटिएपछि प्रहरीले सालको काठ र पिकअपलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय शिवनगरअगाडि बुधबार अपराह्न चेकजाँचको क्रममा सालको ना४ख ८७९४ नम्बरको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।
पिकअपमा कुनै कागजपत्र नभएको करिब २२ क्युफिट सालको काठका फर्निचर भेटिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए।
बरामद काठसहितको पिकअप गाडी, चालकलाईआवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय रौतहटमा पठाइएको डिएसपी कार्कीले जानकारी दिए।
सम्बन्धित

















Slight increase in gold price
मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की
One more Election Policeman dies in Baitadi
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
प्रतिक्रिया