बिमा कोष बलियो बनाउन आवश्यक छ : स्वास्थ्य मन्त्री

कास्की । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमा कोष बलियो बनाउन आवश्यक भएको बताएका छन् । स्वास्थ्य बिमालाई थप प्रभावकारी र निरन्तरता दिन जरुरुी भएको उनले उल्लेख गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज पोखरामा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, मस्यौदा तथा जनसङ्ख्या व्यवस्थापन र ‘मिडवाइफरी’ बीचको अन्तरसम्बन्धबारे नीति निर्माण एवं सरोकारवालासँगको गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले चालु आर्थिक वर्ष २०८१र८२ का लागि मन्त्रालयले स्वास्थ्य बिमातर्फ रु सात अर्ब ५० करोड विनियोजन गरिएको जानकारी दिए । विनियोजित रकम अपुग भएको उहाँको भनाइ थियो ।
“शत प्रतिशत नागरिकलाई स्वास्थ्य बिमामा जोड्न जरुरी छ”, उनले भने । बिमा रकम पारदर्शी बनाउन आग्रह गर्दै मन्त्री पौडेलले कसैले त्यस्तो अनियमिता गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने बताए । ग्रामीण क्षेत्रमा सहजरुपमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन योजना अगाडि बढाइएको उनले स्पष्ट पारे ।
मन्त्रालयका महानिर्देशक डा।विकास देवकोटाले नसर्ने रोगको पहिचान गर्न एक महिने अभियानबारे जानकारी दिन स्वास्थ्य नीति र आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको समेत सहभागिता रहेको थियो ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया