आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा

काठमाडौं । शुक्रबारदेखि दिपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ र सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको ‘रंगी’ चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । फरक जनरा रहेको दुई चलचित्र एक साथ रिलिज हुँदा दर्शक भाँडिने चिन्ता निर्माता निर्देशकलाई परेको छ ।
दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको ‘दुःखी आत्मा’ यौन मनोविज्ञानमा आधारित चलचित्र हो । जसमा पुरुष पात्रमा दमित यौन कुण्ठालाई निर्देशक लामाले देखाउने प्रयत्न गरेका छन् ।
अर्कोतर्फ अभिनेता सलोन बस्नेतले पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई लिएर बनाएको ‘रंगी’ चलचित्र सामाजिक पारिवारिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रमा बाबु–छोरीको प्रेम, करुणा, स्नेह, जिम्मेवारी र समर्पणलाई देखाइएको छ ।
‘दुःखी आत्मा’ र ‘रंगी’ दुवै चलचित्रको टिजर र ट्रेलरलाई दर्शकहरूले अत्यधिक रुचाएका छन् । त्यसैले पनि दुवै चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यद्यपि ठूला स्टारकास्ट र ब्यानर भएकाले दिपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ ले धेरै सोज पाएको छ । ‘रंगी’ चलचित्रले ‘दुःखी आत्मा’ को भन्दा आधा मात्र सो पाएको छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया