आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा

काठमाडौं । शुक्रबारदेखि दिपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ र सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको ‘रंगी’ चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । फरक जनरा रहेको दुई चलचित्र एक साथ रिलिज हुँदा दर्शक भाँडिने चिन्ता निर्माता निर्देशकलाई परेको छ ।
दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको ‘दुःखी आत्मा’ यौन मनोविज्ञानमा आधारित चलचित्र हो । जसमा पुरुष पात्रमा दमित यौन कुण्ठालाई निर्देशक लामाले देखाउने प्रयत्न गरेका छन् ।
अर्कोतर्फ अभिनेता सलोन बस्नेतले पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई लिएर बनाएको ‘रंगी’ चलचित्र सामाजिक पारिवारिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रमा बाबु–छोरीको प्रेम, करुणा, स्नेह, जिम्मेवारी र समर्पणलाई देखाइएको छ ।
‘दुःखी आत्मा’ र ‘रंगी’ दुवै चलचित्रको टिजर र ट्रेलरलाई दर्शकहरूले अत्यधिक रुचाएका छन् । त्यसैले पनि दुवै चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यद्यपि ठूला स्टारकास्ट र ब्यानर भएकाले दिपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ ले धेरै सोज पाएको छ । ‘रंगी’ चलचित्रले ‘दुःखी आत्मा’ को भन्दा आधा मात्र सो पाएको छ ।
















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया