विदेश पठाइदिन्छु भन्दै ७१ लाख ७० हजार ठगी, भक्तपुरमा दुई पक्राउ

भक्तपुर। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ७१ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रे नमोबुद्ध नगरपालिका-४ घर भई बनेपा नगरपालिका-६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले दुबै जनालाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान थालेको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेले बताए।
अधिकारी र थापाले १४ जना व्यक्तिबाट उक्त बराबरको रकम ठगी गरेको आरोप छ। क्यानडा, अजरबैजान र मोरिसस लैजाने भन्दै दुबैले रकम संकलन गर्न थालेका थिए।
तर, रोजगारीमा नपठाई लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए। उजुरीपछि परिसरले अधिकारी र थापाको खोजी गरिरहेको थियो।
न्यौपानेका अनुसार उनीहरूले अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको हुनसक्ने आशंका गरिएको छ। कोही ठगिएको भए परिसरमा उजुरी दिन आउन न्यौपानेले अनुरोध गरे।
पक्राउ परेका दुबैलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ।
















पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया