राखी सावान्तले पैसा चोरेर भागेको रोजलिन खानको आरोप

मुम्बइ । ड्रामा क्वीन राखी सावन्तले कसैसँग कसरी गडबड नगरी बस्न सक्छिन् ? राखी सावन्त कुनै न कुनै गडबडी गरे प्रायः चर्चामा रहि रहन्छिन् नै । सामाजिक सञ्जालदेखि लिएर हेडलाइन्ससम्म राखीको बारेमा धेरै किसिमका कुरा सुनिन्छन् ।
यतिबेला राखी सावन्त आफ्नो तेस्रो विवाहलाई लिएर पनि चर्चामा छिन्, उनी पाकिस्तानीसँग बिबाह हुने चर्चाले अहिले बलिउड गर्माएको छ । उनी पाकिस्तानी एक्टर दाेदी खानसँग बिहे गर्ने हल्ला चलिरहेकाे छ ।
तर, यसैबिच रोजलिन खानले राखी सावन्तमाथि ठूलो आरोप लगाएकी छिन् ।
वास्तवमा रोजलिन खानले न्यूज २४सँग विशेष कुराकानी गरेकी थिइन । सो क्रममा रोजलिन खानले राखी सावन्त आफ्नी बहिनी शबाना खानको पैसा लिएर भागेको बताएकी छिन् ।
भारतीय समाचार संस्था न्यूज २४सँग कुरा गर्दै रोजलिन खानका अनुसार त्यो बेला शल्यक्रिया गरेर घरमा कोठामा आराम गरिरहेकी थिइन्, त्यहीबेला उनकी बहिनीले बाहिर बरान्डामा बसेर फोनमा राखी सावन्तलाई गाली गरिरहेकी थिइन् ।
रोजलिनले थप भनि, ‘राखीले किन गाली गरेको भनेर मैले बहिनीलाई बोलाए । र मैले बहिनीलाई भित्रबाट सोधें कि के भइरहेको छ ? तब मेरी बहिनीले भनिन् कि यो राखीको कल हो र सबै कुरा उनको साथ भइरहेको छ, उनले राखीले पैसा चोरेको जनाइन् ।’
रोजलिनले अगाडी भनिन्, ‘त्यसपछि मैले बहिनीबाट फोन खोसेर लिए र राखीलाई भ्वाइस नोट पठाए र राखीले उनलाई ब्लक गरेर त्यस दिन नै देखि नै भागेकी छिन्।’
रोजलिनले राखी आफ्नी बहिनीको विशेष साथी भएको र आफ्नी बहिनीसँग सधै मिलेर बसेको तर अहिले छाडेर गएको जनाइन । रोजलिनका अनुसार राखीको काम नै हो कि पहिला उनी मानिसहरूलाई प्रयोग गर्छिन अनि टाढा जान्छिन् । तर पनि मानिसहरूले राखीका बारेमा सोच्छन् कि उनी पूर्णतया एक्लो छिन्। तर,राखीले उनको आरोपमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।
उल्लेखनीय छ कि रोजलिन खान यतिबेला चर्चामा छिन् । वास्तवमा रोजलिन खानले हिना खानको क्यान्सरको उपचारमा प्रश्न उठाएकी थिइन । रोजलिनले हिनाको उपचारमा प्रश्न उठाउने बित्तिकै उनी चर्चामा आइन् । तर, हिना खानले रोजलिनको प्रश्नको कुनै जवाफ दिएकी छैनन् ।










चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण : शतबीज छर्न आउने भक्तजनलाई समस्या
आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
विदेशी मुद्राको विनिमयदर : डलरकाे भाउ कति ?
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया