निजामती कर्मचारी सङ्गठनको अध्यक्ष पदमा दाहाल

काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल चयन हुनुभएको छ । सङ्गठन १२औँ महाधिवेशनबाट उहाँ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचित हुनुभएको महाधिवेशनको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा पेशागत महासङ्घ नेपालका इन्चार्ज रामेश्वर फुयालले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार भएको सहमतिअनुसार दाहालको अध्यक्षतामा तीन वर्षका लागि एक सय ६७ नयाँ कार्य समिति चयन गरिएको हो । पेशागत महासङ्घ नेपालका इन्चार्ज फुयालका अनुसार वरिष्ठ उपाध्क्षमा रेवन्त गौतम र प्रभाषप्रसाद साह, उपाध्यक्षमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी र विजयालक्ष्मी सुवेदी तथा महासचिवमा रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । यस्तै सङ्गठनको उपमहासचिव वामदेव ओली, सूर्यबहादुर कुँवर र कमला दाहाल निर्वाचित हुनु भएको छ । यस्तै सचिवमा देवी पराजुली, राजबहादुर पछाई, तेजप्रकाश भण्डारी, ओमबहादुर कठायत र गोविन्द अधिकारी, कार्यालय सचिवमा पदमबहादुर शाही, कोषाध्यक्षमा कोषाध्यक्षमा यमकुमारी सापकोटा र सह–कोषाध्यक्षमा दिपक शर्मा पौडेल निर्वाचित हुनुभयो । महाधिवेशनले प्रदेश इन्चार्ज तोकेको छ । कोशीमा धुव्रबहादुर कार्की, मधेशमा नौंतम पोखरेल, बागमतीमा पुरूषोत्तम रायमाझी, गण्डकीमा भरत भुसाल, लुम्बिनीमा कविसिंह कठायत, कर्णालीमा तुलाराम गिरी, सुदूरपश्चिममा प्रकाशबहादुर खड्का र उपत्यका विशेषमा गणेशप्रसाद आचार्यलाई तोक्ने निर्णय गरेको छ । सङ्गठनको महाधिवेशन गत माघ ३० गतेदेखि काठमाडौँमा सुरु भएको थियो । –––















राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रविको निर्देशनपछि आइतबारका लागि सारियो रास्वपा सचिवालय बैठक
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया