भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री राणाबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा र भारतीय विदेश मन्त्री एस जयशंकरबिच ओमनमा भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका मन्त्रीद्वय बिच आइतबार साइडलाइन भेटवार्ता भएको हो ।
दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन उनीहरुबिच कुराकानी भएको बताइएको छ । नेपालको विकासमा भारतले गरेको निरन्तर सहयोगका लागि आफूले भारतीय विदेशमन्त्री जयशंकरलाई धन्यवाद दिएको मन्त्री राणाले बताइन् । व्यापार पारवहन र जलस्रोत विकास लगायतका विषयमा नेपाल–भारतबिच भएको प्रगतिका लागि आफूले धन्यवाद दिएको उनले बताइन् ।
लामो युरोप भ्रमणपछि गत पुस ४ गते भारत पुगेकी परराष्ट्रमन्त्री राणासँग भारतीय पक्षका कसैले भेट्न मानेका थिएनन् । त्यतिबेला परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने प्रयास गरेकी थिइन् तर भेट्न उनले मानेका थिएनन् ।
परराष्ट्रमन्त्री आरजु उच्चस्तरीय भेटघाट बिना भारतबाट नेपाल फर्केकी थिइन् । फर्केको दुई महिनापछि ओमनमा विदेशमन्त्री जयशंकरसँग उनले भेट गरेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले आजै कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीसँग पनि भेटेकी थिइन् । सो भेटमा उनले हमासको कब्जामा रहेको विपिन जोशीको रिहाका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।
त्यसैगरी मन्त्री राणाले आजै संयुक्त अरब इमिरेटस ९युएइ०का विदेश, अर्थ, तथा व्यवपार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघलेसँग पनि भेटेकी थिइन् ।










काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया