प्रधानमन्त्री ओली देश बनाउने मान्छे हुन् : शंकर पोखरेल

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले देश बनाउने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
सोमबार दाङको तुलसीपुर–११ मालेडाँडामा श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उनले वर्तमान प्रधानमन्त्री केपी ओली देश बनाउने मान्छे भएको बताए । ‘देश बनाउने हो भने देश बनाउने मान्छेलाई प्रोत्साहन गर्नुपर्दछ, यो कुरा सुन्ने कुरा मात्रै होइन, काम गर्ने मानिसलाई सम्मान गर्नुपर्दछ’, उनले भने । पोखरेलले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताए । भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन उनले आग्रह गरे ।
विकासका हरेक काममा स्थानीय समुदायका भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलले स्पष्ट पारे । स्थानीय समुदायले उचित प्रयोग र सदुपयोग गरेन भने सरकारले जति खर्च गरे पनि त्यो प्रभाकारी नहुने उनको भनाइ थियो । ‘राम्रो बनाउने कुरामा स्थानीय जनताकै महत्पूर्ण योगदान रहन्छ’, पोखरेलले भने ।
पोखरेलले पश्चिम दाङमा सबैभन्दा बढीले लिने नाम श्रीमणि आचार्य भएको र उनको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको बताए ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया