यस्तो अवस्थामा भेटिए हराएका सांसद शाही

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला हराएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अस्पतालमा उपचाररत फोटो मेरोन्यूजलाई प्राप्त भएको छ । उनी पोखराकै चरक मेमोरियल अस्पतालको आईसीयूमा उपचाररत छन् ।
शाही अपहरणमा परेको नभई अकस्मात बिरामी भएपछि उपचारका लागि ल्याइएको उनको परिवारले बताएको छ । अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा सांसद शाही संसदमा नभेटिएपछि उनको अपहरण भएकाे भन्दै नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जनमोर्चाले संसद्काे गतिविधि राेक्न माग गरेका थिए ।
त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । जनमोर्चाका सांसद पियारी थापाले सभामुखलाई शाहीको जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेशसभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको हो ।
सरकार पक्षले भने अविश्वास प्रस्ताव फेल हुने भएपछि कांग्रेस माओवादीले शाहीको अवस्था अज्ञात रहेको नाटक गरेको बताएका छन् ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया