यस्तो अवस्थामा भेटिए हराएका सांसद शाही

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला हराएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अस्पतालमा उपचाररत फोटो मेरोन्यूजलाई प्राप्त भएको छ । उनी पोखराकै चरक मेमोरियल अस्पतालको आईसीयूमा उपचाररत छन् ।
शाही अपहरणमा परेको नभई अकस्मात बिरामी भएपछि उपचारका लागि ल्याइएको उनको परिवारले बताएको छ । अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा सांसद शाही संसदमा नभेटिएपछि उनको अपहरण भएकाे भन्दै नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जनमोर्चाले संसद्काे गतिविधि राेक्न माग गरेका थिए ।
त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । जनमोर्चाका सांसद पियारी थापाले सभामुखलाई शाहीको जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेशसभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको हो ।
सरकार पक्षले भने अविश्वास प्रस्ताव फेल हुने भएपछि कांग्रेस माओवादीले शाहीको अवस्था अज्ञात रहेको नाटक गरेको बताएका छन् ।










लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय
ईपीएस भाषा परीक्षा आजदेखि
काष्ठकलामा सिपालु भीमबहादुर
आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया