चन्दा उठाएको आरोपमा बानेश्वरबाट एक जना पक्राउ

काठमाडौं । चन्दा उठाएको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले मंगलबार अपराह्न साढे ४ बजे नियन्त्रणमा लिएको हो ।नेपाल कम्युनिस्ट पार्टी (विद्रोही)को कार्यकर्ता हुँ भनी विभिन्न ठाउँबाट चन्दा उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी अभिलेख अनुसार राई यसअघि प्रहरी वृत्त नयाँ बानेश्वरलगायत विभिन्न प्रहरी कार्यालयबाट हात हतियार खरखजना, बैंकिङ कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर र डाँका चोरीसम्बन्धी कसुर मुद्दा दर्ता भई अनुसन्धान भएको देखिएको छ ।
उनको साथबाट नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) लेखेको पर्चा पम्प्लेटहरु, सोही पार्टीको लेटरप्याडमा आर्थिक भौतिक/नैतिक सहयोग गर्नेबारे भन्ने व्यहोराको पत्रहरु, स्पष्टीकरण सोधिएको भन्ने व्यहोराको पत्र बरामद भएको छ ।
यसका साथै खाली लेटरप्याडहरु, न्याय पाउ भन्ने व्यहोराको कविता नेपाली र प्रविण नेपालीको नामको निवेदनहरू, प्रेस विज्ञप्ति, स्टाम्प (छाप), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (बिद्रोही) लेखको सहयोग रसिद (ठेली) दुई थान बरामद भएको प्रहरीले जनाएको छ ।










जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया