तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक पक्राउ
मेरोन्यूज
२०८१ फागुन ७ गते १३:४८

काठमाडौं । सप्तरी प्रहरीले तस्करीको आशंकामा टाटा विङ्गरबाट खाद्य सामग्री बरामद गरेको छ।
खडक नगरपालिका-८ भदिया सडकखण्डस्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट मंगलबार राति खाद्य सामग्री बरामद गरेको हो।
ना१ज ८०८७ नम्बरको विङ्गर गाडी चेकजाँच गर्दा राति ११ बजे भन्सार छलेर ल्याइएको १६ लाख ४३ हजार ७१३ रुपैयाँ बराबरको सामग्री बरामद भएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।
यसक्रममा चालक खडक नगरपालिका-८ का ४३ वर्षीय भगवत चौधरी पक्राउ परेका छन्। विङ्गरमा माउन्टेन डिउ, जिरालगायत खाद्य सामग्री रहेको खतिवडाले बताए।
बरामद सामान, विङ्गर र चालकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको छ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया