रास्वपाले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेण्डा
मेरोन्यूज
२०८१ फागुन ८ गते १२:२८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयको बैठक आज बस्ने भएको छ ।
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहिबार दिउँसो २ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने जानकारी दिए ।
बैठकमा छलफलका तीन एजेण्डा तय गरिएको छ । बुर्लाकोटीका अनुसार समसामयिक र पार्टी गतिविधि, नियमावली र कार्यविधिहरु (प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१) र सर्वांगीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी छन् ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएपछि कार्यबाहक सभापति डिपी अर्यालको सभापतित्वमा रास्वपाको बैठक बस्दै आएको छ । जसले पार्टी संगठनका विभिन्न निर्णय गर्ने गरेको छ ।
सम्बन्धित









माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया