शुक्रबार, पुष ४, २०८२

सेयर बजारमा सामान्य सुधार, कति भयाे काराेबार ?

मेरोन्यूज २०८१ फागुन ८ गते १५:४१

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ ।

आज नेप्से परिसूचक ३ दशलमव १४ अंकले बढेर २,७४३ को विन्दुमा कायम भएको छ ।

बिहिबार ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको मूल्य घटेको छ । आज ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ करोडमाथिको शेयर कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । आज कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै हिमालयन रिइन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया