पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
मेरोन्यूज
२०८१ फागुन ९ गते ६:२०

दमौली (तनहुँ)। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आज (फागुन ९ गते) देखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो ।
उक्त खण्ड आवश्यकतानुसार समयसमयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल)को प्रयोग गर्न र ठूला सवारीसाधनले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न अनुरोध गरिएको पाण्डेले उल्लेख गरे ।
सम्बन्धित











प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
प्रतिक्रिया