पूर्वराजाले आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न हुँदैन : गगन थापा

काठमाडौं। कांग्रेस महामन्त्री गगन थापाले पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न आवश्यक नरहेको बताएका छन् ।
उनले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको पनि बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताले पटकपटक तानाशाह शासन व्यवस्थाको अनुभूति गरेकाले लोकतन्त्रको विकल्प नसोचेको बताए । पूर्वराजाको शासनकालमा राष्ट्रद्रोहको मुद्दामा कांग्रेससहितका अन्य पार्टीका नेतालाई जेलमा हालेको उदाहरण रहेको भन्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न नहुने स्पष्ट पारे ।
‘गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्वराजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन् । विगतमा पूर्वराजाको शासनकालमा राष्ट्रद्रोहको हामीले बोलेकै भरमा राज्यद्रोहको मुद्दामा जेलमा हालिएको थियो । पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुख बन्द गर्न जादैनौँ’, थापाले भने । उनले प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति होइन, सरकारको कामकारवाहीप्रति असन्तुष्टि निर्वाचनको माध्यमबाट व्यक्त गर्ने गरेको उल्लेख गरे ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा देशले अब धेरै दुःख र कष्ट सहन नसक्ने भन्दै आफूलाई साथ दिन आह्वा गरेका थिए । शाहको त्यस्तो आह्वानपछि राजावादी नेताहरु उत्साहित भएका छन् । तर गणतान्त्रिक नेताहरु भने रुष्ट बनेका छन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया