शुक्रबार, फागुन २९, २०८२

‘आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन सकेन’ : अर्जुननरसिंह केसी

मेरोन्यूज २०८१ फागुन ९ गते २१:५७

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन नसकेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँको सामाखुशीमा सञ्चालित नवोदित कलेजले आयोजना गरेको ‘साईन्स एण्ड रोवोटिक्स’ प्रदर्शनीको आज उद्घाटन गर्दै उनले शिक्षा नीतिकै कारण मुलुकको शिक्षा क्षेत्र परिवर्तन हुन नसकेको बताएका हुन् । “विसं २०५५ सालमा म शिक्षामन्त्री हुँदा राष्ट्रिय शिक्षा नीति लागू गरेको थियौँ, अहिले २६ वर्ष पूरा भएर देश सङ्घीयतामा गइसके पनि नीति भने त्यही छ”, उनले भने।

शिक्षालाई प्रभावकारी बनाउने विषयमा राज्य कमजोर देखिएको उनको भनाई थियो । नेता केसीले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कलेजका प्राचार्य राजेन्द्र अधिकारीले शिक्षालाई प्रविधि र सीपसँग जोड्न नसकेसम्म मुलुकको विकास सम्भव नभएको बताए । विद्यार्थीलाई प्रविधि र सीपसँग जोड्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने उनको भनाई थियो ।

उक्त प्रदर्शनीमा उक्त स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीले ५० भन्दा बढी स्टल राखेका थिए । उक्त स्टलमा प्रविधिको विकासबारे विद्यार्थीबाट निर्माण गरिएका सामग्री प्रदर्शनीमा राखिएका थिए ।

प्रतिक्रिया