‘आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन सकेन’ : अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन नसकेको बताएका छन् ।
काठमाडौँको सामाखुशीमा सञ्चालित नवोदित कलेजले आयोजना गरेको ‘साईन्स एण्ड रोवोटिक्स’ प्रदर्शनीको आज उद्घाटन गर्दै उनले शिक्षा नीतिकै कारण मुलुकको शिक्षा क्षेत्र परिवर्तन हुन नसकेको बताएका हुन् । “विसं २०५५ सालमा म शिक्षामन्त्री हुँदा राष्ट्रिय शिक्षा नीति लागू गरेको थियौँ, अहिले २६ वर्ष पूरा भएर देश सङ्घीयतामा गइसके पनि नीति भने त्यही छ”, उनले भने।
शिक्षालाई प्रभावकारी बनाउने विषयमा राज्य कमजोर देखिएको उनको भनाई थियो । नेता केसीले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कलेजका प्राचार्य राजेन्द्र अधिकारीले शिक्षालाई प्रविधि र सीपसँग जोड्न नसकेसम्म मुलुकको विकास सम्भव नभएको बताए । विद्यार्थीलाई प्रविधि र सीपसँग जोड्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने उनको भनाई थियो ।
उक्त प्रदर्शनीमा उक्त स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीले ५० भन्दा बढी स्टल राखेका थिए । उक्त स्टलमा प्रविधिको विकासबारे विद्यार्थीबाट निर्माण गरिएका सामग्री प्रदर्शनीमा राखिएका थिए ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया