च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र, रियलको प्रतिद्वन्दी एटलेटिको
मेरोन्यूज
२०८१ फागुन १० गते ७:३७

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सम्पन्न भएको छ ।
शुक्रबार भएको ड्र अनुसार रियल म्याड्रिडले एटलेटिको म्याड्रिड प्रतिद्वन्दी पाएको छ । च्याम्पियन्स लिगको यस सिजनको राउण्ड १६ को यो खेल म्याड्रिड डर्बी हुने भएको हो ।
त्यस्तै आर्सनलको भिडन्त नेदरल्याण्डसको क्लब पीएसभीसँग हुने भएको छ । त्यस्तै पिएसजीको सामना लिभरपुलसँग हुने भएको छ भने एस्टन भिल्लाले क्लब ब्रुगेसँग खेल्ने भएको छ ।
त्यसैगरी बार्सिलोनाले बेनिफिकासँग खेल्ने छ भने बोरुसिया डोर्टमण्डले लिलेसँग खेल्ने भएको छ । त्यस्तै बायर्न म्युनिखको भिडन्त बायर लिभरकुसनसँग हुने भएको छ भने इन्टर मिलानले राउण्ड १६ मा नेदरल्याण्डसको फेयनूर्डसँग खेल्ने भएको छ ।
राउण्ड १६ को पहिलो लिग मार्च ४ र ५ मा हुने छ भने दोस्रो लिगका खेल मार्च ११ र १२ मा हुने युइएफएले जनाएको छ ।
सम्बन्धित
















भुटानमाथि नेपालको जित
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
प्रतिक्रिया