अनुदानमा घाँस काट्ने मेसिन पाएपछि पशुपालक किसान हर्षित

काठमाडौं। विर्तामोड नगरपालिकाले पशुपालक किसानलाई रु ९५ लाख मूल्य बराबरका ३२५ चाफकटर मेसिन(घाँस काट्ने यन्त्र) वितरण गरेको छ ।
पालिकाले छनोटमा परेका किसानलाई ५० प्रतिशत अनुदानमा चाफकटर मेसिन वितरण गरेको हो । गाई वस्तुलाई खुवाइने घाँस थोरै समयमा धेरै टुक्राउन सकिने मोटर जडान गरिएको विद्युतीय चाफकटर पाएर स्थानीय किसान हर्षित भएका छन् ।
किसानलाई प्रविधिमैत्री बनाउँदै कृषिलाई आधुनिक र व्यावसायिक बनाउने सोचअनुसार साझेदारीमा मेसिनरी सामान दिइएको नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईंले बताए । उनका अनुसार कृषिको विकासलाई नगरपालिकाले बजेटमा उच्च प्राथमिकतामा राख्दै आएको छ ।
निर्वाहमुखी कृषिलाई व्यावसायिक उद्यममा रूपान्तरण गर्दै किसानलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको ठानेरै नगरपालिकाले पशुपालक किसानलाई चाफकटर मेसिन, चिलिङ भ्याट, दाना पिसाउने मेसिन, मिल्क क्यान, चल्ला ओथार्ने मेसिन, काउ म्याटलगायत सामग्री हरेक वर्ष वितरण गर्दै आएको विर्तामोडका पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख डा नगेन्द्र खड्काले बताए।
उनका अनुसार एउटा चाफकटर मेसिनको मूल्य रु २९ हजार ५०० रहेको छ । किसानले मूल्यको ५० प्रतिशत साझेदारी गरेका छन् । उनले भने, “चाफकटर मेसिन २५ वटा भर्खरै वितरण गरेका छौँ । यसअघि ३०० मेसिन वितरण गरेका थियौँ ।”
नगरपालिकाले साझेदारीमा दिएको मेसिनरी सामानको सदुपयोग भइरहेको कृषक लयप्रसाद रिजालले बताए । “नगरपालिकाले किसानहरुलाई आधुनिक प्रविधि भित्राउन प्रोत्साहन र अनुदान दिइरहेको छ”, उनी भन्छन्, “सबै किसान साथीहरुले सहयोगको सदुपयोग गर्नु भएको छ, मेसिनसँगै तालिम र सिप पनि किसानले पाउनुभएको छ ।”
नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर चाफकटर चाहिएका किसानबाट निवेदन मागेको थियो । मागभन्दा धेरै निवेदन पर्ने गरेका कारण स्थलगत अनुगमनपश्चात् अनुदान पाउन योग्य किसानको छनोट हुने गरेको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख डा खड्काले बताए ।


















वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
प्रतिक्रिया