एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत: अलग छ- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत: अलग रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नेपालमा संचालित गैर सरकारी संस्था अधिकांश एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको उल्लेख गर्दै नेतृत्व यसबाट अलग रहेको बताएका हुन् ।
उनले भनेका छन्-
नेपालमा संचालित गैर सरकारी संस्था अधिकांश नेकपा(एमाले)संग संवन्धित रहेको भनेर प्रचार हुने गरेको छ । त्यसमा अझ नेताहरुको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकी तथ्य त्यो भन्दा निकै फरक छ ।
वालवालिकाको क्षेत्रमा काम गर्नुहुने मानव अधिकार अभियन्ता गौरी प्रधानले एउटा प्रसंगमा भन्नुभएको सन्दर्भ मलाई यति वेला संझना भइरहेको छ । उहाँले भन्नु भएको थियोः-
मानव अधिकार एलाइन्ससँग सम्बद्ध संस्थाहरुले विदेशवाट गैर सरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिसत हिस्सा पनि प्राप्त गर्दैनन् । तर पनि एलाइन्समा आवद्धहरु आखाको तारो बन्ने गरेका छन् । किनकी उनीहरु पारदर्शी रुपमा समुदायमा काम गर्दछन् । तर ८५ प्रतिसत भन्दा वढि अनुदान प्राप्त गर्नेहरु खासै चर्चामा छैनन् । किनकी उनीहरु मध्ये अधिकांश वन्द कोठामा काम गर्दछन् । उनीहरु के गर्दछन् आम मानिसलाई थाह पनि हुदैन ।
मलाई लाग्दछ सत्य यस्तै होला । जहासम्म नेकपा (एमाले) को मुल नेतृत्वको कुरा छः- त्यो विदेशी अनुदान प्राप्त संस्थावाट पूर्णतः अलग रहदै आएको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया