निषेधाज्ञामा बैंकका सबै शाखा खुला रहने

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ ।
सङ्घले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ । सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्याअवाश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ । बैंकका सबै शाखामा ग्राहकको भिडभाड बढी हुने हुँदा भिडकम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनले नगद (नोट) कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न आग्रह गरे ।
सङ्घले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेट र मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्न समेत आग्रह गरेको छ । ……रासस

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
क्रिकेटर करण केसीले गरे बिहे
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया