बाबुरामका ज्वाईसहित ९ जना केन्द्रीय सदस्यमा मनोनित
मेरोन्यूज
२०८१ फागुन ११ गते १९:३८

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा ९ जना केन्द्रीय सदस्य थपिएका छन् । आइतबार अध्यक्ष बाबुराम भट्टराईले ९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका हुन् ।
केन्द्रीय सदस्यको १० प्रतिशत मानोनित गर्ने विधानको व्यवस्था बमोजिम अध्यक्ष डा. भट्टराईले ९ जना केन्द्रीय सदस्य मनोनित गरेका हुन् । ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित भइसकेका छन् ।
मनोनीत हुने केन्द्रीय सदस्यहरूमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी रहेका छन् ।
सदस्यमा मनोनीत हुने जेकेन्द्र अध्यक्ष डा. भट्टराईका ज्वाईं हुन् । बाबुरामकी छोरी मानुषी भने यसअघि नै उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएकी थिइन् ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया