शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.सागर राजभण्डारी भन्छन्
बिन्ती छ ! कोरोना केही होइन भन्ने नठान्नुस् (भिडियोसहित)

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर देखिएसँगै संक्रमितमा फरक किसिमका लक्षण देखिने गरेको पाइएको छ । पहिला पाँच दिन मात्रै देखिने ज्वरो अहिले त्योभन्दा बढी दिनसम्म देखिने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।
डा. भण्डारीले मेरोन्यूजसँग भने, “औषधि सेवन गर्दा पनि ज्वरो नियन्त्रण नहुने गरेको पाइएको छ ।” उनका अनुसार अहिले संक्रमितमा अलि बढी दिन ज्वरो आउने लक्षण देखिएको छ । उनले अस्पतालमा पछिल्ला दिनहरूमा कोरोनाका गम्भीर बिरामी बढ्दा थप चुनौती थपिएको बताए ।
‘कोरोना संक्रमितलाई लामो समय अस्पतालमा राखेर भर्ना गर्नुपर्ने र नेगेटिभ रिर्पोट आए पनि फोक्सोको समस्याले लामो समयसम्म श्वासप्रश्वासमा समस्या देखिने गरेको छ,’ उनले थपे, ‘संक्रमित बढ्दा कर्मचारीको व्यवस्थापनमा समेत समस्या देखिन थालेको छ ।’
डा. राजभण्डारीका अनुसार, कोरोना संक्रमणअघि २ सयदेखि २५० जना कर्मचारी टेकु अस्पतालमा कार्यरत थिए । तर, कोरोना अस्पताल तोकिएपछि करिब ५० जना कर्मचारी करारमा थपिएका छन् ।
‘बीचमा संक्रमितको संख्या घट्यो र त्यस समयमा केही कर्मचारी हटाएका थियाैँ, तर पछिल्लो तीन सातादेखि संक्रमति बढ्न थालेकाले हामीले पुनः जनशक्ति थपिरहेका छौँ,’ डा राजभण्डारीले भने । अस्पतालमा अहिलेसम्म स्वास्थ्य सुरक्षा सामाग्री पिपिईको अभाव भने भएको छैन ।
कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा थप १० वटा वेड थपिएको छ । पहिला ६० वटा बेड भएको टेकु अस्पतालमा अहिले ७० वेड पुर्याएको डा. भण्डारीले जानकारी दिए । उनले भने, “संक्रमितको संख्या थप बढेमा सबै सेवा रोकेर आकस्मिक कक्ष अगाडिको खाली ठाउँमा टेन्ड टाँगेर थप सेवा दिने योजना बनाएका छौँ ।”
अझै पनि मानिसहरु कोरोना केही हैन भनेर हेलचेक्र्याइँ गरेकाप्रति चिन्ता दर्शाउँदै उनले सर्वसाधारणसँग अपिल गरे, ‘बिन्ति छ, घर बाहिर मात्र हैन घरभित्र पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नुस् । कोरोना केही होइन भन्ने नठान्नुस् ।’
(भिडियो : जुली गिरी)
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया