एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

काठमाडौँ । भारतीय ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् ।
दुबईमा जारी च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा १५ रन बनाएसँगै कोहलीले १४ हजार रन पुरा गरेका हुन् ।
कोहलीले २८७ औं इनिङमा १४ हजार एकदिवसीय रनको कोशेढुङ्गा पूरा गरेका हुन् ।
कोहलीले कम इनिंगमा १४ हजार रन बनाउने किर्तिमान बनाएका छन् । यस अघि भारतकै सचिन तेन्दुलकरले ३५० इनिंगमा र श्रीलंकाका कुमारा संगाकाराले ३८७ इनिंगमा १४ हजार रन पुरा गरेका थिए । साथै कोहली एकदिवसीय क्रिकेटमा १४ हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि सचिन र कुमारा संगाकाराले १४ हजार रन बनाएका थिए ।
जुन २०१७ मा १७५ इनिङमा ८००० एकदिवसीय रन पूरा गरेदेखि उनी यस्ता प्रत्येक १००० रनको कोशेढुङ्गा सबैभन्दा छिटो पूरा गर्ने खेलाडी बनेका छन्।
समग्रमा, उनी एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा छन्, दोस्रो स्थानमा संगाकारा (१४,२३४) छन् भने शिर्ष स्थानमा सचिन तेन्दुलकर १८,४२६ का साथ सूचीको शीर्ष स्थानमा छन् ।
कोहलीले एकदिवसीय खेलमा सबैभन्दा धेरै शतक (५०) को रेकर्ड पनि बनाएका छन्, जुन तेन्दुलकरले २०२३ को एकदिवसीय विश्वकपमा तोडेका थिए ।
यसअघि, कोहलीले एकदिवसीय खेलमा भारतको लागि फिल्डरको रूपमा सबैभन्दा धेरै क्याचको रेकर्ड तोडेका थिए, जुन १५८ पुगेको थियो ।









विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया